By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सुटकेसभित्र युवतीको शव फेला, पोखरामा सनसनी

सुटकेसभित्र युवतीको शव फेला, पोखरामा सनसनी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १७, आईतवार १७:२६

पोखरा । पोखरा–१७ ड्यामसाइडनजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको एक युवतीको शव फेला परेको छ ।

आइतबार बिहान पुलमुनि फालिएको सुटकेस शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो ।

प्रहरीका अनुसार २२ देखि २५ वर्ष उमेरकी देखिने ती युवतीको हातमा मनिषा विश्वकर्मा लेखिएको ट्याटु खोपिएको छ ।

ती युवतीको साथबाट मेडिकल कार्ड पनि फेला परेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरेर तन्नाले बेरेर सुटकेसमा हालेर फालिएको हुन सक्ने कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

युवतीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवको प्रारम्भिक जाँचबाट युवती महिनावारीको अवस्था रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

ती युवती पोखरा ड्यामसाइडकै एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ । घरबेटीले उनीहरूको परिचय खुल्ने कागजात लिएर कोठा भाडामा दिएको पत्ता लागेको छ ।

उनीहरू श्रीमान्–श्रीमती बनेर कोठा भाडामा लिएका थिए र उनीहरूले जापानी भाषा सिक्ने बताएका थिए । श्रीमान् अहिले फरार छन् । उनको आधार कार्ड भारतको सिलगुडीको देखिएको छ ।

‘उनीहरू जापानी भाषा सिक्ने भनेर ड्यामसाइड नजिकै एउटा घरमा श्रीमान्–श्रीमती भएर बस्ने गरेको पाइएको छ । श्रीमतीको हत्या गरेर तन्नाले बेरेर सुटकेसमा हालेर फालेपछि उनी भागेको हुन सक्ने देखिएको छ र प्रहरी घटनाको तथ्य नजिक पुगिरहेको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

उनीहरूले एक महिना अगाडिमात्रै कोठा भाडामा लिएर बसेका थिए । मृतकको परिवार र आफन्त सम्पर्कमा आइसकेका छैनन् । जापानी भाषा सिक्ने भनेर बसेका जोडीमध्ये श्रीमतीको शव सुटकेसभित्र फेला परेको हो । त्यसको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टले पनि धेरै तथ्यहरू सार्वजनिक हुने उसको भनाइ छ ।

Facebook Comments Box
हार स्वीकार गर्दै रेनु दाहालले भनिन्– कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ
छुटे दुर्गा प्रसाईं
इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट
पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते
डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?