By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मकवानपुरमा होली मर्यादित र सुरक्षित रूपमा मनाउन प्रशासनको निर्देशन, आचारसंहिता उल्लंघन गरे कडा कारबाही

मकवानपुरमा होली मर्यादित र सुरक्षित रूपमा मनाउन प्रशासनको निर्देशन, आचारसंहिता उल्लंघन गरे कडा कारबाही

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १५, शुक्रबार ११:०९

मकवानपुर — जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागु पूर्णिमा (होली) पर्व मर्यादित, सभ्य र सुरक्षित वातावरणमा मनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को प्रचारप्रसार तथा मौन अवधिसँगै होली पर्व परेकाले निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरिएको हो।

प्रशासनले जिल्लास्थित सबै राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा आम नागरिकलाई आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्न अपिल गरेको छ।

सूचनामा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न निर्देशन दिँदै उल्लंघनका घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा नजिकको सुरक्षा निकायमा जानकारी गराउन भनिएको छ।

होलीका दिन भिडभाड हुने कार्यक्रम नगर्न, गर्नै परे जिल्ला प्रशासन कार्यालयबाट पूर्वअनुमति लिनुपर्ने उल्लेख गरिएको छ।

कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, जबरजस्ती गर्ने, अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न प्रशासनले चेतावनी दिएको छ।

मदिरा तथा नशालु पदार्थ सेवन नगर्न, सेवन गरी सवारी साधन नचलाउन, सार्वजनिक स्थानमा चर्को ध्वनि (डिजे) बजाउन तथा छिमेकीलाई असर पर्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ।

प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरे कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै होली मनाउन सबैलाई अनुरोध गरिएको छ।

Facebook Comments Box
बकैया–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, अन्धकार राजनीतिलाई उज्यालो बनाउने प्रतिबद्धता
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फेरि किसानको सूचीकरण थाल्यो
तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट
नहर अतिक्रमण हटाउन चार सय घर टहरा हटाइँदै
हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?