By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १४, बिहीबार १०:४१

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् ।

भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।

उनले रङ्गशालामा तीन वटा मतदान केन्द्र रहेका बताउँदै भने, “यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ ।” उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती रहेकी छिन् भने सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे रहेकी छिन्।

‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा विशेष नापी कार्यालय दमककी सृजना पन्त र सहायक मतदान अधिकृतमा जुनु पोखरेल रहेकी छिन्। ‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल र सहायकमा प्रतिमा राई रहेको उनले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुलाई धमाधम निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको कार्यालयमा प्रमुख तुलसी नेपालले बताए । झापामा सात लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् । यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको उनको भनाइ छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ । रासस

Facebook Comments Box
दाङमा बलात्कार आरोपमा १ जना पक्राउ
हाडिमेको विद्युत पोलमा स्पार्क, आगलागीको जोखिम
कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा खुला प्रश्नोत्तर गर्ने
मतदाता नामावली सङ्कलन : करिब ९० प्रतिशत अनलाइनबाट नाम दर्ता
तोलामा १५ सयले घट्यो सुनको मुल्य

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?