By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

केरल राज्यको नाम केरलम राख्ने भारत सरकारको निर्णय

सरोकारकर्मी
सरोकारकर्मी
f,25

मकवानपुर । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले केरल राज्यको नाम परिवर्तन गरी केरलम राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केरल विधानसभाले सन् २०२४को जुन २४ तारिखमा निर्णय गरी केरलको नाम केरलम राख्न अनुमति मागेको थियो ।

केरल विधानसभाको माग अनुसार अब मलयालम भाषामा प्रचलित राज्यको मौलिक नामलाई औपचारिक मान्यता दिने बाटो खुलेको छ । मलयालम भाषामा ‘केर’को अर्थ जल र ‘अलम’को अर्थ भूमि अर्थात् जलबाट निस्किएको भूमिको रूपमा ‘केरलम’ नाम रहन गएको विश्वास गरिन्छ । यो मान्यता परशुरामको कथासँग जोडिन्छ । स्थानीय बोलीचालीमा अहिले पनि ‘केरलम’ नै प्रचलित छ ।

केन्द्रीय मन्त्रिपरिषद् बैठकले केरलम नामाकरणको प्रस्ताव राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले नयाँ नाम विधानसभामा पठाएपछि संविधान बमोजिम संशोधन हुनेछ । नाम परिवर्तनको विषय पछिल्ला केही वर्षदेखि चर्चामा थियो ।

यससँग पौराणिक कथा, ऐतिहासिक सन्दर्भ र भाषिक तर्कहरू, परशुरामको कथादेखि मौर्य सम्राट अशोकका शिलालेखसम्म जोडिएका छन् । अहिलेकै नाममा एक अक्षर थप्ने यो निर्णयलाई स्थानीय भाषा र पहिचानलाई संवैधानिक मान्यता दिने प्रयासका रूपमा हेरिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account