By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अमेरिकामा पारिवारिक हत्या काण्ड : नेपाली युवक प्रहरी कारबाहीमा मृत्यु

अमेरिकामा पारिवारिक हत्या काण्ड : नेपाली युवक प्रहरी कारबाहीमा मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १२, मंगलवार १३:०२

मकवानपुर । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ ।

सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् ।

नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर थापा रहेको उल्लेख गरेको छ । खसोखासले थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापा रहेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार, अन्दाजी ५० वर्षका ती व्यक्तिले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए। उनीहरूको अस्पतालमा मृत्यु भएको छ ।

फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार, प्रहरी घटनास्थलमा पुग्दा ती संदिग्ध व्यक्ति आफ्ना ज्वाइँलाई खुँडा प्रहार गर्दै थिए। हतियार भुइँमा फाल्न पटक-पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए।

‘हाम्रा प्रहरी अधिकारीले गोली चलाउँदा (ज्वाइँको) ज्यान गइरहेको अवस्था थियो,’ डेभिसले सोमबार पत्रकार सम्मेलनमा भने। प्रहरीका अनुसार अधिकारीहरूले तुरुन्तै ती संदिग्धलाई सीपीआर दिएका थिए, तर घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरियो।

अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको डेभिसले बताए। ‘ज्वाइँ बाहिर कारबाट हिउँ पन्छाइरहेका थिए, त्यतिबेला अपार्टमेन्टभित्र होहल्ला सुनेपछि उनले ९११ मा फोन गरे र आफ्नो कोठामा फर्किए,’ डेभिसले भने।

नजिकैको भवनमा रहेका अर्का एक व्यक्तिले पनि घरेलु विवादको होहल्ला सुनेर ९११ मा फोन गरेका थिए। संदिग्धका ज्वाइँले ‘आफ्ना ससुराले आफ्नै परिवारलाई निर्ममतापूर्वक काटिरहेको कल्पना नै गर्न नसकिने दृश्य’ देखे।

ती व्यक्तिले आफ्ना ससुराले १० इन्च लामो ‘मासु काट्ने हतियार’ जस्तो देखिने घुमाउरो खुँडाले सासूलाई प्रहार गरिरहेको देखेका थिए, त्यसपछि ससुराले उनीमाथि पनि त्यही खुँडा प्रहार गरेका थिए।

फेयरफ्याक्स काउन्टीमा भएको घातक खुँडा प्रहारमा प्रहरीले १० इन्च लामो मासु काट्ने हतियारजस्तो देखिने घुमाउरो खुँडा प्रयोग भएको बताएको छ।

‘उसले केही होहल्ला सुन्छ र हतार-हतार अपार्टमेन्टमा फर्कन्छ र त्यहाँ श्रीमती र सासूलाई खुँडा प्रहार गरिएको रगत लतपतिएको दृश्यको सामना गर्छ,’ फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले पत्रकार सम्मेलनमा भने।

घरभित्र रहेको बच्चालाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ। प्रहरीले उक्त घरमा यसअघि घरेलु हिंसा वा प्रहरीलाई बोलाइएको कुनै रेकर्ड नभएको तर त्यसबारे अनुसन्धान गरिने बताएको छ।

‘उनीहरूको जीवनमा के कस्तो अशान्ति वा द्वन्द्व चलिरहेको थियो भन्ने हामीलाई अझै थाहा छैन, तर कसैलाई आफ्नै परिवारको यसरी हत्या गर्न कुन कुराले बाध्य तुल्यायो होला भन्ने म कल्पना पनि गर्न सक्दिनँ,’ प्रमुख डेभिसले भने।

कार्यकारी कमान्ड टोलीले हेरिसकेको बडी-वर्न क्यामेरा (प्रहरीको शरीरमा जडान गरिने क्यामेरा) फुटेजमा अधिकारीले थप मानवीय क्षति रोक्न बल प्रयोग गरेर प्रोटोकलको पालना गरेको देखिएको डेभिसले बताए।

Facebook Comments Box
बाँके-३ मा रास्वपा का खगेन्द्र सुनार विजयी
सुदूरपश्चिममा सवारी दुर्घटनाः ९ महिनामा १६५ जनाले गुमाए ज्यान
विवाहको आठौँ दिनमै मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
सुन मूल्य घट्यो

थप समाचार

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

नवलपरासीमा आगलागी, १२ घर जले

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?