By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बालुबा बोकेको मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,14

काठमाडौँ । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

प्रदेश–०१–००४क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक ललितपुर, गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन ।

मिनी ट्रक बालुवा लिएर आउँदै गर्दा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account