By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी अस्पताल भर्ना

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी अस्पताल भर्ना

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष २०, आईतवार १४:४८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार, उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा देखिएको हो । ती चिकित्सकले अन्य थप समस्या भने खुलाउन चाहेनन् ।

यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । अहिले संक्रमणका कारण रिंगटा लाग्ने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना भएका हुन् ।

अहिले उनको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनको उपचारबारे चिकित्सकहरूसँग थप परामर्श भइरहेको छ ।

‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनुहुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

किन हुन्छ पिसाबमा संक्रमण ?

मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी र्ट्याक्ट इन्फेक्सन वा यूटीआई)भनिन्छ ।

चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।

पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ ।

पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।

मुख्य लक्षणहरू :

बारम्बार पिसाब लाग्ने

पिसाब गर्दा पोल्ने वा दुख्ने

पिसाबबाट कडा गन्ध आउने

पिसाब धमिलो देखिने

तल्लो पेट दुख्ने

कहिले बन्छ जटिल ?

चिकित्सकहरूका अनुसार सामान्य यूटीआई समयमै उपचार नगरेमा जटिल बन्न सक्छ । मिर्गौलासम्म संक्रमण पुग्ने ‘अपर यूटीआई’ अवस्थामा मिर्गौलामा स्थायी क्षति हुन सक्छ । सबैभन्दा खतरनाक अवस्था भनेको ‘युरोसेप्सिस’ हो । पिसाबको संक्रमण रगतमा फैलिएर यो अवस्था सिर्जना हुन्छ ।

युरोसेप्सिस भएमा मुटु, कलेजो, फोक्सो लगायत महत्वपूर्ण अंगमा गम्भीर क्षति पुग्न सक्छ र बिरामीको ज्यानै जान सक्ने जोखिम अत्यधिक हुन्छ ।

Facebook Comments Box
मकवानपुरमा ठूलो परिमाणमा लागुऔषधसहित एक अटो चालक पक्राउ
मकवानपुरबाट ८ हजार क्याप्सुल ट्रामाडोलसहित ५ जना पक्राउ
गाउँमा आएन डिपबोरिङमा पानी
धरानमा पार्किङ बसमा भीषण आगलागी
रवि लामिछानेको सामाजिक सञ्जाल निशानामा

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?