By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

शिक्षकलाई आधारभूत प्राथमिक उपचार तालिम

सरोकारकर्मी
सरोकारकर्मी
f,15

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम दिइएको छ।

विद्यालय परिसरमा खेलकुद, शैक्षिक गतिविधि वा अन्य कारणले हुने आकस्मिक दुर्घटना, चोटपटक, बेहोस हुने तथा स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्थाहरूमा तत्काल विद्यालयमै प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक तालिम सञ्चालन गरेको वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले जानकारी दिनुभयो ।

विद्यालयमा विद्यार्थीहरूलाई पठन–पाठनका साथै उनीहरूको स्वास्थ्य र सुरक्षामा पनि ध्यान पुर्याउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष शेर्पाको भनाइ छ । वडा कार्यालयको आयोजना तथा कुशुदेबु पब्लिक हेल्थ मिसन नेपालको सह–आयोजनामा तालिममा वडा भित्रका सम्पूर्ण विद्यालयका एक एक जना शिक्षकलाई सहभागी गराइएको हो ।

यसले विद्यार्थीहरूको सुरक्षामा थप सहयोग पुग्ने विश्वास लिइएको वडा कार्यालयले जनाएको छ । तालिममार्फत सहभागीहरूलाई घाउचोटको उपचार, रक्तस्राव नियन्त्रण, हाडभाँचिने अवस्थामा गर्ने प्राथमिक सहयोग, जलन, सर्पदंश, बेहोस हुने अवस्था तथा आकस्मिक स्वास्थ्य समस्या आउँदा अपनाउनुपर्ने सावधानी र विधिहरूबारे व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

तालिमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको जीवनरक्षा र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने जुनवेसी माध्यमिक विद्यालयबाट सहभागी शिक्षक सरिता अधिकारीले बताउनुभयो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account