By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन

शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर १५, सोमबार १२:१३

मकवानपुर । बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै विद्यालयको अनुगमन सुरु गरिएको छ ।

गाउँपालिकाको –२ का वडा अध्यक्ष मसुदअहमद साहको नेतृत्वमा पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक र भौतिक अवस्था मूल्याङ्कन गर्न अनुगमन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

बिद्यालय अनुगमनको सुरुआत वडा २ स्थित मदरसा सिराजिया इस्रारुल उलुमबाट गरिएको वडा २ का वडा अध्यक्ष साहले बताउनुभयो । उहाँले पालिकाभित्रका शिक्षण संस्थाहरुको यथार्थ अवस्था बुझ्न अनुगमन सुरु गरिएको जनाउँदै क्रमशः सबै विद्यालयमा अनुगमन गरिने बताउनुुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक शैयद इस्तियाक अहमद साहले पालिकाभित्रका विद्यालय र मदरसाहरुमा देखिएका विभिन्न समस्याको समाधान आवश्यक भएकाले अनुगमन सुरु गराइएको जनाउँदै अनुगमन प्रतिवेदनबाट सुधार गर्ने बाटो खुल्ने बताउनुभयो ।

उहाँले शिक्षा सुधार पालिकाको पहिलो प्राथमिकता भएको हुँदा यसका लागि विशेष समिति गठन गरिएको बताउनुभयो । विद्यालय अनुगमनमा शिक्षक दरबन्दी, नियमितता, विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, सिकाइ गुणस्तर, परीक्षा प्रणाली र व्यवस्थापन पक्षको पारदर्शितालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षक र शिक्षा शाखाबीच हालै देखिएको आन्तरिक द्वन्द्वपछि शैक्षिक वातावरण प्रभावित बनेकाले पालिकाले अनुगमनलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो ।

अनुगमनपछि विस्तृत प्रतिवेदन तयार गरी शिक्षा सुधारका लागि ठोस कार्ययोजना बनाइने अनुगमन समितिका संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष शाहले बताउनुभयो ।

अनुगमनको सुरुवात गरिएको मदरसा सिराजिया इस्रारुल उलुमका प्रधानाध्यापक लाल खाँले विद्यालयको वास्तविक अवस्था बुझ्न निष्पक्ष अनुगमन सुरु हुनु सकारात्मक भएको जनाउँदै यसबाट राम्रो परिणाम आउने आशा रहेको बताउनुभयो ।

Facebook Comments Box
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्स् राष्ट्रपति पौडेल
एनपिएलमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य
आईसीसी विश्वकपमा आज नेपालले अमेरिकासँग खेल्दै
आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थाल्यो
बागलुङ महोत्सवको तयारी तीव्र

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?