मकवानपुर । काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा मौसम आंशिक बदली भएको छ ।
बिहानपख केही बदली भए पनि दिउँसोको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
आजराति देशका धेरै ठाउँमा मौसम सामान्यतया सफा रहने छ भने केही ठाउँमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
