By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बाँकेको नरैनापुर गाउँपालिकाको विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी

बाँकेको नरैनापुर गाउँपालिकाको विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन २४, शुक्रबार १३:११

मकवनपुर । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

दिवा खाजाको व्यवस्था गरिएपछि विद्यालय आउन नचाहने बालबालिका पनि विद्यालय आउन थालेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताउनुभयो । उहाँले दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको जनाउँदै भर्ना भएर विद्यालय छोड्ने विद्यार्थी पनि नियमित विद्यालय आउन थालेको बताउनुभयो ।

विद्यालय खाजाकै आकर्षणले पछिल्लो समय नरैनापुरका विद्यालयका कक्षा कोठा विद्यार्थीले भरिभराउ हुने गरेको पाईएको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीलाई नियमित विद्यालय आउने बनाउन गाउँपालिकाले पालिकाभित्रका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले पौष्टिक तत्व भएको खाजा खुवाउने गरेकोले एकातिर बालबालिकाको स्वास्थ्य राम्रो हुन थालेको र अर्कोतिर विद्यालयमा अनुपस्थित हुने क्रम पनि घट्दै गएको बताउनुभयो । उहाँका अनुसार दिवा खाजामा हलुवा, डलिया, खिचडी लगायतका परिकार विद्यार्थीलाई खुवाउने गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयतर्फ आकर्षित गरेको जनाउँदै नरैनापुर शिक्षा शाखाका प्राविधिक सहायक कमल केसीले दीवा खाजासँगै विद्यालयहरुले गुणस्तरीय शिक्षा पनि प्रदान गर्न थालेकोले ड्रप आउट हुने क्रम पनि निकै कम भएको बताउनुभयो ।

दिवा खाजा सञ्चालनमा आएपछि विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समुहका करिव २०–२५ प्रतिशत विद्यार्थी भर्ना भई नियमित विद्यालय आउन थालेको जानकारी विद्यालयहरुबाट प्राप्त भएको शिक्षा शाखाले जनाएको छ ।

यसअघि बालबालिकाहरु विद्यालयमा भर्ना हुने तर विद्यालय नआउने चलन थियो । तर, अहिले दिवाखाजाले कक्षा कोठा भरिभराउ भएको र प्रायःजसो विद्यार्थी नियमित विद्यालय आउन थालेको जनाईएको छ ।

Facebook Comments Box
अध्यक्ष ओली आज झापाको दमक आउनुहुँदै
रोल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते
भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत
तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत
चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?