By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

विवाहको आठौँ दिनमै मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,10

मकवानपुर ।सल्यानको कुमाख गाउँपालिका ५ तिमिलकाँडाका २३ वर्षीय प्रकाश घर्ती असोज १६ गते विजयादशमीको दिन वैवाहिक जीवनमा बाँधिनुभएको थियो । नयाँ जीवन सुरु गरेका उहाँको आठौं दिनमा भने मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

बिहीबार बेलुका सल्यानको दार्मा गाउँपालिका ५ भिरबाटामा मोटरसाइकल दुर्घटना परेर उहाँको मृत्यु भएको हो । रुकुमपश्चिमको झुल्नेटाबाट नुवाकोट जाने क्रममा घर्ती र उहाँका नातेदार (साला) चौरजहारी नगरपालिका १४ नाउलाका १८ वर्षीय महेन्द्र पुन चढेको रा २ ख ७०२२ नम्बरको मोटसाइकल भिरबाटामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दिनुभएको जानकारी अनुसार गम्भीर घाइते अवस्थाका घर्ती र अर्का घाइते पुनलाई तत्काल उद्धार गरेर झुल्नेटाको आकाश पोलिक्लिनिकमा ल्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएकोमा चिकित्सकले घर्तीलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक पुनले जनाउनुभयो ।

घाइते पुनको भने अवस्था सामान्य छ । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ । विजयादशमीको शुभ साइत पारेर नयाँ जीवनको अध्याय सुरु गरेका घर्तीको दुर्घटनामा परेर निधन भएपछि गाउँ शोकमा डुबेको छ । मृत घर्ती वैदेशिक रोजगारबाट फर्किएको करिब ६ महिना पुगेको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account