By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

ढुङ्गा खस्ने क्रम नरोकिएपछि मुग्लिन–नारायणगढ सडक खुलाउन समस्या

सरोकारकर्मी
सरोकारकर्मी
f,20

मकवानपुर । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै बन्द छ । हिजो बेलुका सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहेको तर सुरक्षालाई ध्यानमा राखेर तत्काल खटाउन नसकेको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ ।

सुरक्षा जोखिमका कारण गएराति पनि काम हुन सकेको थिएन । मुग्लिन प्रहरीका अनुसार सडक खुलाउन चाररपाँच घण्टा नै लाग्ने अनुमान छ ।

रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् । सकेसम्म गाडी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

विकल्पमा पूर्वबाट आउने साना गाडीहरूले हेटौंडा–कुलेखानी र पश्चिमबाट आउने गाडीहरूले कालिगण्डकी कोरिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account