By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

ग्यारेजमा मर्मतपछि हाईवेमा परीक्षण गरिँदै गरेको मोटरसाइकल र स्कार्पियो ठोक्किए

सरोकारकर्मी
सरोकारकर्मी
f,11

दाङ, असार २७
तुलसीपुर उपमहानगरपालिका १० उरहरी चोकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान करिब १०:३० बजे नेपालगञ्जतर्फ जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले मोटरसाइकल मर्मत गरी परीक्षण गरिरहेको अवस्थामा रा ७ प ५५५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–१३, फुलवारी निवासी २० वर्षीय दिपेस नेपाली गम्भीर घाइते भएका छन्। उनको बाँया खुट्टा, कम्मर तथा पेटमा चोट लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएका उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ। हाल उनको अवस्था बेहोस रहेको र उपचारमा उनका दाजु दिपक नेपाली संलग्न रहेको बुझिएको छ।

दुर्घटनामा संलग्न स्कार्पियो, मोटरसाइकल र स्कार्पियो चालक सल्यान कपुरकोट गाउँपालिका–३ का ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account