By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

राप्तीका ८ वटा वडा शून्य होम डेलिभरी तथा दिगोपना सुनिश्चितता वडा घोषणा

सरोकारकर्मी
सरोकारकर्मी
f,30

तुलबहादुर कवँर मगर
मसुरिया, १६ असार ।
दाङको राप्ती गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्मका ८ वटा वडालाई शून्य होम डेलिभरी तथा दिगोपना सुनिश्चितता वडा घोषणा गरिएको छ।

गत एक वर्षमा ती वडामा रहेका सबै गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै सुत्केरी भएपछि घरमै सुत्केरी हुने परम्परा अन्त्य गरी शून्य होम डेलिभरी वडा घोषणा गरिएको हो।

गाउँपालिकाले निर्देशिका नै बनाएर सुत्केरी हुने परम्परागत अभ्यासलाई हटाउँदै सुरक्षित, भरपर्दो र संस्थागत प्रसूति सेवा सुनिश्चित गर्न कार्यक्रम सञ्चालन गरेको थियो। यसैको परिणामस्वरूप वडाहरूमा घरमै सुत्केरी हुने दर शून्यमा झरेको हो।

सोमबार आयोजित एक कार्यक्रमका बीच वडा नम्बर ९ बाहेक अन्य सबै वडालाई शून्य होम डेलिभरी वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक प्रकाश विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार, परम्परागत रूपमा घरमै सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने भएकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान सञ्चालन गरिएको हो।

भौगोलिक विकटता र पहुँचको अभावका कारण वडा नं. ९ लाई भने हाल शून्य होम डेलिभरी वडा घोषणा गर्न नसकिएको बताइएको छ।

यसअघि राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहहरूको निरन्तर प्रयासबाट ती वडाहरु शून्य होम डेलिभरी सुनिश्चित गर्न सफल भएको अध्यक्ष विष्टले बताउनुभयो।

त्यस्तै, उपाध्यक्ष कमलापति चौधरीले संस्थागत सुत्केरी बढेसँगै मातृ तथा शिशु मृत्युदर घट्दै गएको बताउनुभयो।

स्वास्थ्य कार्यालय दाङका मातृ तथा नवशिशु स्वास्थ्य फोकल पर्सन रीता पोख्रेलका अनुसार, घरमै सुत्केरी हुँदा हुने जोखिमबारे महिलाहरूमा जनचेतना बढेपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रवृत्ति बढेको हो। अहिले सबै महिलाले नियमित गर्भ जाँच गर्ने र संस्थागत प्रसूति सेवा लिने गरेको उहाँले बताउनुभयो।

स्वास्थ्य संस्थामै सुत्केरी गराउन समस्या भएकालाई अस्पताल रेफर गरिने गरिएको छ। चालु आर्थिक वर्षमा पालिकामा ६ सय ५८ जना सुत्केरीमध्ये ६ सय ४८ जना बर्थिङ सेन्टरमा र १० जना बाटोमै सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो।

साे अवसरमा शून्य होम डेलिभरी तथा दिगोपना सुनिश्चितता वडा घोषणा भएका वडाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, पालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा नं. १ का अध्यक्ष गेम बहादुर खड्का, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी, वडा सदस्यहरू, राप्ती आधारभूत अस्पताल कालापानीका मेसु डा. श्रवण चौधरी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी प्रतिमा विष्टले गर्नुभएको थियो।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account