By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमै जनचेतना आवश्यक : अध्यक्ष विष्ट

सरोकारकर्मी
सरोकारकर्मी
f,28

तुलबहादुर कवँर मगर
मसुरिया, १४ असार ।

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जथाभावी एण्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जनचेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभएको छ।

शनिबार मसुरियामा गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको ‘प्रतिजैविक प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा अध्यक्ष विष्टले अनियन्त्रित एण्टिबायोटिक सेवनका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको उल्लेख गर्नुभयो। “पछिल्लो समय सामान्य रोगले पनि मानिसको ज्यान जाने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो, “एण्टिबायोटिक औंषधि चिकित्सकको सल्लाहबिना खानु घातक हुनसक्छ।”

अध्यक्ष विष्टले स्वास्थ्य संस्थामा परीक्षण नगरी सजिलै औषधि किन्ने प्रवृत्तिले समस्या गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। साथै, केही औषधि व्यवसायी र स्वास्थ्यकर्मीहरू स्वयंले पनि आवश्यकता बिना एण्टिबायोटिक दिने गरेको प्रसङ्ग उल्लेख गर्दै त्यसले बिरामीमा थप जटिलता निम्त्याउने बताउनुभयो।

उहाँले चिकित्सकको सल्लाहअनुसार निश्चित समयसम्म औषधि सेवन नगर्नाले समेत औषधि प्रतिरोधको समस्या बढ्ने भएकाले यस विषयमा आम नागरिक सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “चेतना अभिवृद्धिसँगै व्यवहार परिवर्तन पनि जरूरी छ,” उहाँले भन्नुभयो, “नीति निर्माणदेखि व्यवहार सुधारसम्मको प्रक्रिया स्थानीय तहबाटै सुरु गर्नुपर्छ।”

अध्यक्ष विष्टले एण्टिबायोटिक प्रतिरोधको समस्याले मानव मात्र होइन, पशुपन्छी, वातावरण र कृषि प्रणालीलाई समेत असर गर्ने भएकाले अर्गानिक खेती र रसायनमुक्त उत्पादन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरीले स्वास्थ्य समस्या न्यूनीकरणमा समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख नारायण राउतले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि सरकार, समुदाय, स्वास्थ्य संस्था र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

पशु चिकित्सक डा. विनय थापा र जनस्वास्थ्य अधिकृत पोषणराज ढकालले प्रतिजैविक प्रतिरोधसम्बन्धी विस्तृत प्रस्तुति दिँदै विश्वमा बढ्दो औषधि प्रतिरोधसम्बन्धी तथ्यांकहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले चिकित्सकको सल्लाहबिना औषधि नदिने र नकिन्ने बानी बसाल्नुपर्ने, साथै औषधि व्यवसायलाई कानुनी रूपमा थप जिम्मेवार बनाउनुपर्ने सुझाव दिनुभयो।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलमान चौधरी, राप्ती आधारभूत अस्पताल कालापानीका प्रशासन प्रमुख धनबहादुर खड्का, लालमटिया स्वास्थ्य चौकी भालुबाङका प्रमुख कृष्ण श्रेष्ठलगायत विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्था प्रमुखहरू र एग्रोभेट व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रमकाे जनस्वास्थ्य निरीक्षक पदमप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account