By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने

जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने

सरोकारकर्मी
सरोकारकर्मी
२०८१ पुष ७, आईतवार १९:१३

हेटौंडा । हेटौंडामा सहकारीद्धारा उत्पादित वस्तु तथा प्रशोधित वस्तुहरुको पुस १६ गतेदेखि १८ गते सम्म प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको २० औँ स्थापना दिवसको अवसरमा संघले प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको आइतबार पत्रकार सम्मेलन गर्दै संघले जानकारी दिएको छ। । संघको अध्यक्ष कल्पना श्रेष्ठले सहकारीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्नका निम्ति प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिइन् । प्रदर्शनी मेला संघको नवनिर्मित भवनमा नै हुनेछ । तीन दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान रहेको श्रेष्ठले बताईन् । बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामाग्री, खाद्य सामाग्री, मसला सामाग्री, डेरि परिकारहरुलाई मेलाका स्टलमा राखिने उनले बताईन् । मेला प्रदर्शनीमा करिब पाँच लाख खर्च हुने अनुमान गरेको बताउदै ४० वटा स्टल रहने र स्टलका लागि दर्ता शुल्क एक हजार एक सय रहेको श्रेष्ठले बताइन् । प्रदर्शनीमा केराको मम, फापरको थुलौरा, सेल तरकारी लगायतको समेत स्टल रहने जानकारी दिइएको छ । स्टल राख्नेमध्येबाट उत्कृष्ट चार स्टललाई पुरस्कारको समेत व्यवस्था रहेको छ । प्रदर्शनी मेलामा १६ गते सहकारी हाजिरीजवाफ प्रतियोगिता, १७ गते सहकारी निबन्ध प्रतियोगिता र सहकारीका सचिवबीच सहकारी वक्तृत्वकला प्रतियोगिता रहने संघका व्यवस्थापक सुमित्राकुमारी वाईवाले बताईन् । निबन्ध प्रतियोगिता कलेज स्तरीय रहने र एकका लागि सबै, सबैका लागि एक विषयवस्तु रहेको उनले बताईन् । वक्तृत्वकलामा भने सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने विषय रहेको जानकारी दिईन् । प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगद सहित पुरस्कृत गरिने संघले जनाएको छ । १८ गते संघको नवनिर्मित भवनको उद्घाटन समेत गरिने जनाइएको छ । ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटमा निर्माण भएको भवनमा करिब साढे ३ करोड खर्च हुने अनुमान रहेको व्यवस्थापक वाईवाले बताईन् । प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाख भन्दा माथि र संघको जगेडाकोषको सहिको रकमबाट भवन निर्माण गरिएको उनले बताईन् । नवनिर्मित भवनको बागमती प्रदेश सरकारका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्य तालिका रहेको संघले बताएको छ ।

Facebook Comments Box
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए, ओलीविरुद्ध नाराबाजी 
आज सुनचाँदीको मूल्य घट्यो
न्यु मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

थप समाचार

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?