By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

लखन बाटिकाको भित्रिपथ बाटोको शिलान्यास

सरोकारकर्मी
सरोकारकर्मी
f,27

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, स्थित प्रथम शहिद क्याप्टेन लखन थापा मगर स्मृती बाटिकाको भित्रिपथ बाटोको शिलान्यास गरिएको छ । बागमती प्रदेशका पूर्व खानेपानी तथा सिचाँई मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार भित्रिपथ बाटोको शिलान्यास गरिएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले देशको राष्ट्रिय विभुती र देश बनाउनका लागि लखन थापासहित पुर्खाहरुले गरेको बलिदान र पुर्याएको योगदानको चर्चा गरे । उनले नेपाल एउटा साझा फुलवारी भएको भन्दै कुनै पनि जातजाती छुट्याउन नहुने र यसलाई अन्र्तराष्ट्रिय स्तरसम्म चिनाउन सबैले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । हेटौंडा नगरबासीले लखन बाटिका बनाउनका निम्ति लगनशील भएर लागेकोमा उनले खुशी व्यक्त गरे ।

उनले भने, ‘नेपालको पहिलो शहिद लखन थापा मगरको सम्झनामा हेटौंडामा स्मृति पार्क बनेको छ , हामीले बनाएका छौं । यो कुरामा हेटौंडाबासीले गर्ब गर्नुपर्छ ।’ साथै उनले हेटौंडा–१२ मात्र नभई अन्य विभिन्न पार्क बनाउनका लागि पनि प्रदेश सरकारले रकम विनियोजन गरेको बताए । शिलान्यास कार्यक्रम उक्त बाटिकाका अध्यक्ष विश्व आले मगरको सभाध्यक्षतामा भएको हो । अध्यक्ष मगरले भित्रीपथ बाटोमा ईन्टरलक ब्लक लगाउनका लागि बागमती प्रदेश सरकारबाट १० लाख रुपैंंया रकम प्राप्त भएको जानकारी दिए । हाल उक्त रकमबाट लखन बाटिका स्मृतीको भित्रिबाटोमा १ सय १ मिटरको वाल लगाउने, ४ मिटरको बाटो लगायत महिला र पुरुषको शौचालय बनाउने कार्य समेत भइरहेको उनले बताए । लखन बाटिकाको भित्रीपथ बाटो निर्माण गर्न मात्र नभई विभिन्न विकासको काम गर्नका लागि सबैबाट सहयोग प्राप्त र यस ठाँउको चिनारीलाई महत्वका साथ हेरिदिएको भन्दै अध्यक्ष मगरले खुशी व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा समाजसेवी राजेश नगरकोटी, फुलबारी टोल विकासका अध्यक्ष कृष्ण थिङ्ग, परिर्वतन सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नन्द किशोर नेपाली, नेपाल बौद्ध सेवा समाज मकवानपुरको अध्यक्ष ज्ञानबहादुर कालिकोटेलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि एवम् संचारकर्मीहरुको आतिथ्यता रहेको थियो

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account