By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

शेयर बजार फेरि २ हजार विन्दुभन्दा तल झर्‍याे

सरोकारकर्मी
सरोकारकर्मी
f,2

शेयर बजार फेरि दुई हजार विन्दुभन्दा तल झरेको छ । अस्ति दोहोरो अङ्ले बढेर दुई हजार विन्दुमाथि पुगेको शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ सय ९८ दशमलव ९६ विन्दुमा झरेको हो ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज पिपुल्स पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय आठ वटा कम्पनीका ९४ लाख ९८ हजार कित्ता शेयर चार अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account