By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

महावीर पुनको घोषणा–सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने

सरोकारकर्मी
सरोकारकर्मी
f,11

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

केही दिनअघि ट्राफिक नियम र जरिवानाको विषयलाई लिएर आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो ‘कडा घोषणाु गरेका हुन्।

पुनले फेसबुकमा लेख्दै घोषणा गरेका छन्, ‘आजदेखि मैले कुनै पनि ठूला साना युट्युबरसहित सोसल मिडिया र पत्रकार कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक बर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन।’

ट्राफिक जरिवाना विवादबारे स्पष्टीकरण दिँदै उनले भनेका छन्, ‘केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार जरिवाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु ।’

उनले लेखेका छन्, ‘त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला। ट्राफिक नियमलाई अटेर गर्नेहरुले मुटुमा हात राखेर सोच्नु होला।’

उनले जरिवानाको विषयमा थप स्पष्ट पार्दै अन्तर्वार्ताकारहरूले आफूलाई सो विषयमा जानकारी नहुँदा नहुँदै पनि ‘कोट्याई कोट्याई’ सोधेको र ५० हजारको प्रसंग पत्रकारहरूले नै निकालेको दाबी गरेका छन्।

‘मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो,’ आक्रोश व्यक्त गर्दै उनले अगाडि लेखेका छन्, ‘अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ रु आफैले नै कल्पना गर्नुहोस् ।’

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account