By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

हेटौँडा–८ मा विकास र सुशासनका लागि स्थानीयले बुझाए विस्तृत मागपत्र

सरोकारकर्मी
सरोकारकर्मी
f,22

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट विनियोजनको तयारी गरिरहेका बेला टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा-८ ले वडा कार्यालयमा ६ क्षेत्रगत सुझावसहितको विस्तृत ज्ञापनपत्र बुझाएको छ। समितिका अध्यक्ष कुमार के.सी. को नेतृत्वमा स्थानीय नागरिकको भावना, दैनिक जनजीवन र भौतिक विकासका योजनाहरू समेटेर वडा अध्यक्ष समक्ष उक्त मागपत्र पेस गरिएको हो।

ज्ञापनपत्रमा जनप्रतिनिधिको सदाचार, शून्य भ्रष्टाचार र प्रविधिमैत्री सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ। जसअन्तर्गत आधारभूत नागरिक सेवा १ घण्टाभित्र उपलब्ध गराउनुपर्ने, ‘Faceless’ तथा ‘Paperless’ सहितको ‘Smile Service’ प्रदान गर्नुपर्ने, यातायात सहजताका लागि डिजिटल एप सञ्चालन गर्नुपर्ने र २४ सै घण्टा चल्ने आपत्कालीन कल सेन्टर स्थापना गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, सामाजिक सुधारतर्फ वडाका सामुदायिक विद्यालयका विद्यार्थी र स्नातक/स्नातकोत्तर तहमा अध्ययनरत छोरीबुहारीहरूलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने तथा ७० वर्षमाथिका वृद्धवृद्धाका लागि नि:शुल्क स्वास्थ्य एवं आँखा शिविर चलाउन सुझाइएको छ। स्वरोजगारका लागि ‘Startup Idea Call’ र ‘Innovation Center’ को अवधारणा अघि सार्दै समितिले युवाहरूका लागि करियर परामर्शका कार्यक्रम माग गरेको छ।

भौतिक पूर्वाधार र पर्यावरणतर्फ सबै टोलका सडकलाई खाल्डाखुल्डीरहित बनाई कालोपत्रे वा ढलान गर्न, कमाने-नागस्वती सडकमा ५ वटा कलात्मक प्रतिक्षालय र १७ वटै टोलमा खुल्ला व्यायाम स्थल (ओपन जिम) निर्माण गर्न तथा वडाकै एम्बुलेन्स सेवा उपलब्ध गराउन माग गरिएको छ। “एक घर एक रुख” अभियान, बच्चा जन्मँदा दुई वटा विरुवा रोप्ने ‘Birthday Garden’ को सुरुवात र स्थानीय पार्कहरूको बजेट व्यवस्थापनमा पनि जोड दिइएको छ। कृषि तथा जीविकोपार्जन अन्तर्गत नि:शुल्क बीउ-बेर्ना, पशुपालनका लागि खोर निर्माणमा सहुलियत अनुदान र १० हजार लिटरसम्मको खानेपानी नि:शुल्क गर्नुपर्ने माग समेटिएको छ।

ज्ञापनपत्र बुझाउँदै वडा समन्वय समितिका अध्यक्ष कुमार के.सी. ले वडाका विकास निर्माणमा टोल विकास संस्थाले प्रत्यक्ष समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै, कार्य सम्पादनलाई संस्थागत बनाउन सबै टोल विकास संस्थाहरूलाई कार्यालय सामग्री र कम्प्युटरको व्यवस्थापन गरिदिन समेत उहाँले माग गर्नुभएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account