By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्राचार

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्राचार

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ११, सोमबार १४:२४

काठमाण्डौं । प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यस पटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो । गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ ।

मन्त्रिपरिषद्ले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ ।

यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सीधै सभामुखसमक्ष पेश गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरे र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुभयो ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन् । सभामुखले मिति माग्दा प्रधानमन्त्रीले ’उपयुक्त समयमा उपस्थित भएर जवाफ दिने’ बताउनुभएको छ ।

निर्वाचित भएदेखि नै प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्नुभएको छैन र प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा पनि उहाँ कतै औपचारिक रूपमा बोल्नुभएको छैन ।

Facebook Comments Box
एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान
इयुको ‘मेड इन युरोप’ योजना माथि चीनको आपत्ति
महिनावारीलाई राजस्वको स्रोत बनाउने राज्यले महिला सशक्तीकरणको भाषण गर्न सुहाउँदैन : पुरुषोत्तम यादव
‘कर्णाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’
बबरमहलमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?