By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

नेपालले दियाे अमेरिकालाई ३१८ रनकाे कीर्तिमानी लक्ष्य

सरोकारकर्मी
सरोकारकर्मी
f,22

काठमाडौं ।  घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएकाे हाे । यसअघि सन् २०२३ मा नेपालले ओमानसँगकाे खेलमा ३१० रन बनाएकाे थियाे ।

कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३१७ रन बनायो । नेपालका ईशान पाण्डेले ८४, दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ रन बनाए । अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए । यही शृङ्खलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो ।

कीर्तिपुरमा चलिरहेको लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेट, तेस्रो खेलमा फेरि स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

लिग–टु तालिकामा नेपाल २७ खेलमा २२ अङ्कसहित पाँचौ स्थानमा छ । अमेरिका २७ खेलमा ३८ अङ्कसहित शीर्ष र स्कटल्यान्ड ३२ खेलमा ३८ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account