By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ८, शुक्रबार १३:३१

जेरुसेलम। इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ । गत हप्ता इजरायली र लेबनानी अधिकारीको सम्झौतामा विस्तार गरेको युद्ध-विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमितरूपमा गोलीबारी गर्दै आएका छन् ।

“केही समय अघि, आइडिएफको निगरानीले दक्षिणी लेबनानमा इजरायली क्षेत्रबाट सयौँ मिटर टाढा हिँडिरहेका दुई सशस्त्र व्यक्ति पहिचान गरेको इजरायली सेनाले टेलिग्राममा पोष्ट गरेको थियो । आईडीएफले उनीहरूको पहिचान र निरन्तर निगरानी गरेपछि, ती व्यक्तिलाई हवाई आक्रमण गरी मारिएको पुष्टि गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी ९एनएनए०ले दक्षिणी टायर जिल्लामा इस्लामिक स्वास्थ्य समितिको साइटमा रात भर भएको आक्रमणमा चार जनाको मृत्यु भएको र दुई चिकित्सक घाइते भएको जनाएको छ । अप्रिल-१७ मा युद्धविराम सुरु भएदेखि, इजरायलले दक्षिण लेबनानमा आक्रमण गर्न, र निकासी आदेश जारी गर्ने प्रक्रिया जारी राखेको छ, भने यसले हेजबुल्लाहलाई लक्षित गरि आक्रमण जारी राखेको बताएको छ ।

अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदलामा हेजबुल्लाहले मार्च(२ मा इजरायलमा रकेट प्रहार गरेको थियो । इजरायली सेनाले लेबनानको सीमानाको करिब १० किलोमिटर वरपरको क्षेत्रमा हवाई आक्रमण तथा स्थलगत आक्रमणको जवाफ दिएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली आक्रमणले व्यापक क्षेत्रीय युद्ध सुरु भएदेखि कम्तिमा तीन हजार ८९ जनाको ज्यान गएको बताएको छ ।

इजरायली सेनाले लडाइँको क्रममा २२ जना सैनिकको मृत्यु भएको जनाएको छ । गत हप्ता वासिङ्टनमा लेबनानी र इजरायली प्रतिनिधिबिच तेस्रो चरणको प्रत्यक्ष वार्तापछि अस्थायी युद्धविराम ४५ दिनका लागि बढाइएको थियो, जसमा हिजबुल्लाहले कडा विरोध गरेको थियो । रासस/एएफपी

Facebook Comments Box
एनपिएलः आज दुई खेल हुने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन
मध्यरातमा सङ्खुवासभा केन्द्रित भूकम्पको धक्का
कार्की आयोग प्रतिवेदन बुझाउने तयारीमा
आज विदेशी मुद्राको विनिमयदर

थप समाचार

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?