By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

इरानको चेतावनी :आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने

सरोकारकर्मी
सरोकारकर्मी
f,21

काठमाण्डौं । अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फसेर नयाँ कारबाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ चेतावनी दिनुभएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो । ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो । तर, इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई पुनः गम्भीर बनाएको छ ।

इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कारबाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट सङ्केत दिएको छ । यद्यपि, इरानले ती ‘नयाँ मोर्चा’ वा ‘नयाँ सैन्य रणनीति’ कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा थप विवरण सार्वजनिक गरेको छैन ।

यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य सङ्घर्षलाई लिएर चिन्ता फेरि बढेको समाचारमा उल्लेख छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account