By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » क्यालिफोर्नियामा भीषण आगलागी : १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश

क्यालिफोर्नियामा भीषण आगलागी : १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ६, बुधबार १४:३८
APTOPIX California Wildfires

सिमी भ्याली । दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ ।

लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर-पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो ।

भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइल (करिब पाँच वर्गकिलोमिटर)भन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्णरूपमा नष्ट भएको छ । प्रारम्भिक चरणमा आगलागी ३० माइल प्रतिघण्टा (४८ किलोमिटर प्रतिघण्टा) को गतिमा फैलिएको थियो ।

तर रातभर हावाको गति केही कम भएपछि नियन्त्रण प्रयासमा राहत मिलेको अग्नि विभागका प्रवक्ता एन्ड्र्यु डाउडले जानकारी दिनुभयो । उहाँका अनुसार अनुकूल मौसमका कारण अग्नि नियन्त्रक टोलीले केही प्रगति गरे पनि हावा फेरि तीव्र हुन सक्ने जोखिम कायमै छ । हालसम्म आगलागी करिब पाँच प्रतिशत मात्र नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् ।

सिमी भ्याली क्षेत्रमा एक लाख २५ हजारभन्दा बढी जनसङ्ख्या रहेको बस्ती वरिपरि अझै पनि निकासी आदेश र चेतावनी कायम छन् । बाक्लो धुवाँका कारण क्षेत्र धुम्मिएको छ भने अग्नि नियन्त्रकले हवाईमार्फत पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । यसैबिच, दक्षिणी क्यालिफोर्नियाको तटीय क्षेत्रमा रहेको सान्ता रोजा टापुमा पनि अर्को ठूलो डढेलो फैलिएको छ ।

करिब २३ वर्गमाइल(५९ वर्गकिलोमिटर) क्षेत्रफलमा फैलिएको उक्त आगलागीले एउटा क्याबिन र एउटा उपकरण भण्डारण भवन ध्वस्त पारेको छ । आगलागीका कारण राष्ट्रिय निकुञ्ज सेवाका ११ जना कर्मचारीलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । मङ्गलबार बिहानसम्म त्यहाँ आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । क्याम्पिङ र पदयात्राका लागि लोकप्रिय सान्ता रोजा टापु वन्यजन्तुको महत्वपूर्ण वासस्थान पनि हो, जहाँ ब्वाँसो, धब्बेदार स्कङ्क र हात्ती सिल जस्ता प्रजाति पाइन्छन् । राससरएपी

Facebook Comments Box
चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
कलाकार सागर लम्साल (बले) पक्राउ
आज विदेशी मुद्राको विनिमय दर
दुग्ध किसान फेरि आन्दोलित
लागुऔषधसहित युवक पक्राउ

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?