By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १८, शुक्रबार १३:४७

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका९४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दै आइरहेको छ । सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधारका लागि बहुवर्षीय आयोजना अघि बढाएको हो ।

हाल उक्त निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट विनियोजन नहुँदा अलपत्र परेको छ । आव २०७६र७७ मा जोमसोममा सुविधा सम्पन्न दुई तले बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु गरिएको थियो । सङ्घीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणाधीन जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड हल विगत दुई वर्षदेखि रोकिएको छ ।

कभर्ड हलको लागत रु छ करोड ५८ लाख तय गरिएको छ । इनडोर खेलमैदानलगायत विभिन्न पूर्वाधारको व्यवस्थापन गर्ने गरी निर्माण थालनी गरिएको जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड सङ्घ, प्रदेश र स्थानीय तहको टुक्रे बजेट र समयमा आवश्यक बजेट नहुँदा निर्माण सम्पन्न हुन विलम्ब भएको हो ।

समयमा बजेट सुनिश्चितता नहुने, विनियोजित रकम लागत अनुपातभन्दा न्यून बजेट हुँदा कर्भड हल निर्माणले गति लिन नसकेको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले जानकारी दिए । आयोजना सुरु भएको छ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उनले उल्लेख गरे । निर्माणाधीन कभर्डहल आयोजना कार्यान्वयनमा आएको पहिलो वर्ष सङ्घीय सरकारबाट रु ४० लाख, प्रदेशबाट रु ५० लाख र घरपझोङ गाउँपालिकाको समपूरक बजेट रु १५ लाख लागत साझेदारी गरिएको थियो ।

यसैगरी आव २०७७र७८ मा प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय तहबाट रु १७ लाख गरी रु ४२ लाख बजेट विनियोजन भएपछि कभर्ड हल निर्माणलाई निरन्तरता दिइएको थियो । “आव २०७८र७९ मा सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी रु ३२ लाख बजेट विनियोजन भएको थियो । आव २०८०र८१ मा पनि सङ्घीय सरकारबाट रु ३२ लाख र स्थानीय तहको समपूरक बजेट रु २० लाख गरी रु ५२ लाख बजेट परेको थियो”, इन्जिनियर बमले भने । पछिल्लो समय घरपझोङमा निर्माणाधीन कभर्ड हलमा रु दुई करोड बढी बजेट खर्च भइसकेको उनले जानकारी दिए ।

निर्माण सुरु भएको छ वर्ष पुग्दा कभर्ड हलमा दर्शक बस्नका लागि प्यारापिट र भुइँतला ‘स्टे«क्चर’ निर्माण भएका छन् । समग्रतामा कभर्ड हलको दुई तला स्टक्चर उठिसकेको छ । हलको भित्र र बाहिरका कभर्डमा विभिन्न कक्षको कोठाका संरचना तयार भएका छन् । कभर्ड हलमा फलामे ढोका पनि जडान गरिएको छ ।

जोमसोम खेल मैदानमा ७०० देखि ८०० दर्शक अट्ने गरी निर्माण भइरहेको इन्जिनियर बमले जानकारी दिए । दुई तले कभर्ड हलको नमूना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो ।

उनका अनुसार यसको लम्बाइ ४५ मिटर र चौडाइ २५ मिटर हुनेछ । जोमसोममा निर्माणाधीन दुई तले कभर्ड हलमा इन्डोर भलिबल खेल मैदान, अफिस कोठा, परिवर्तन कक्ष ९चेन्जिङ रुम०, प्यारापिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालयलगायत पूर्वाधार निर्माण हुने योजना छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कभर्ड हल निर्माण सम्पन्न गर्नका लागि सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरिए पनि पछिल्लो समय बजेट विनियोजन हुन नसकेका बताए । स्थानीय तहले चाहेर पनि कभर्ड हल निर्माण सम्पन्न गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्षण गराउँदै आइएको उनको भनाइ छ ।

मुस्ताङका पाँच स्थानीय तहमा सुविधा सम्पन्न इन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्न निकै कठिनाइ हुँदै आएको थियो । समुद्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा अवस्थित मुस्ताङको जोमसोममा दिउँसो १२ः०० बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल सञ्चालन गर्न कठिन हुन्छ ।

Facebook Comments Box
बनेपा-हेटौँडा बस सञ्चालनमा आएपछि आवागमनमा सहजता
आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थाल्यो
याक चौँरीपालक किसानलाई रेनकोट वितरण
गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
आज तोलामा ४ हजार ६ सय बढ्यो सुन

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?