By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आज दिउँसोपछि मौसममा सुधार

आज दिउँसोपछि मौसममा सुधार

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १७, बिहीबार ०९:२२

काठमाण्डौं । आज दिउँसोपछि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अब हिजो र गएरातिको जस्तो हावाहुरी र वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । हावाहुरी चल्नेक्रम रोकिएको छ । आज दिउँसो देशका धेरै ठाउँमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । कोशी र मधेश प्रदेशका साथै हिमाली र पहाडी भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

गएराति र हिजो बेलुका हावाहुरी चलेका तथा ठूलो पानी परेका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । पूर्वानुमान अनुसार हिजो बेलुकापछि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरीसँगै पानी परेको हो । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी, गण्डकीको नवलपुर, बागमतीको चितवन, काठमाण्डौ उपत्यका, मधेशका बारा, पर्सा र धनुषा, तथा कोशीका झापा र मोरङसहित आसपासका क्षेत्रमा हावाहुरी चलेको हो ।

आज बिहानदेखि हावाहुरी चल्नेक्रम रोकिएको छ । त्यस्तै प्युठानमा हिजो सबैभन्दा धेरै पानी पर्‍यो । प्युठानको हंसपुरमा झण्डै एक सय ५ मिलिमिटरसम्म वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भए धेरै भारी अर्थात् ठूलो वर्षाका रूपमा गणना गर्ने गरिन्छ । त्यस्तै कास्की, म्याग्दी, तनहुँ, कपिलवस्तु, चितवन, सङ्खुवासभालगायतका जिल्लामा पनि ठूलो पानी परेको छ । यसले त्यस क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

अन्य धेरै जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।

Facebook Comments Box
बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता
बक्यौता नतिर्नेको ठेकेदारको सेवासुविधा रोकियो
रायो सागमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटियो
तिमल्सिना बने निर्माण सामग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष
अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?