By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँ उत्पादनमा वृद्धि

सरोकारकर्मी
सरोकारकर्मी
f,29

कञ्चनपुर । गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गहुँ उत्पादनमा २।१ प्रतिशतले वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा गहुँको उत्पादकत्वमा वृद्धि भएको बताए । “उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो”, साउदले भने ।, “यस वर्ष गहुँको उत्पादकत्व वृद्धि भएर ३।४ प्रतिहेक्टर पुगेको छ ।”

उनका अनुसार यस वर्ष ३१ हजार २१० हेक्टर क्षेत्रफलमा एक लाख छ हजार ११४ मेट्रिक टन गहुँ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा अनुदानमा सिचाँइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

“उन्नत बीउ, प्रविधिमा पहुँच र सिँचाइ क्षेत्र विस्तार भएका कारण गहुँको उत्पादकत्वमा वृद्धि भएको हो”, उनले भने, “सहकारीमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ प्रदान गर्दै आएका छौँ ।” त्यसैगरी गहुँखेतीको समयमा किसानले समयमै रासायनिक मल उपलब्धताले पनि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

पछिल्ला वर्षहरूमा गहुँखेती हुने क्षेत्रफल विस्तार नभए पनि उत्पादकत्वमा वृद्धि हँुदै आएको छ । कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर कुल खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ । हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account