By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आज र भोलि ठूलो पानी पर्ने सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,28

काठमाण्डौं । आज र भोलि कोशी, बाग्मती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो तीन घण्टामा कास्कीको लुम्लेमा झण्डै १८ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कर्णाली, बागमती र कोशी प्रदेशका पनि एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा आज बेलुका र राति ठूलो पानी पर्ने सम्भावना छ । आज र भोलि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रमा लगातार बढ्दै गएको तापक्रम पनि आजदेखि केही घट्ने अनुमान छ । तराईका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । पानी परेपछि पश्चिम तराईमा पनि गर्मी कम हुने अनुमान छ ।

भोलि दिउँसो तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ । पर्सि बिहीबार पनि पूर्वको मेचीदेखि पश्चिम त्रिशुली–कालिगण्डकीसम्म बेला–बेलामा पानी पर्ने अनुमान छ । अबका तीन दिन वर्षासँगै चट्याङ्ग र उच्च हिमाली क्षेत्रमा हिमपात तथा तराईका केही क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

त्यस्तै ठूलो पानी पर्न सक्ने सम्भावना भएका क्षेत्रमा अबका तीन दिन रातको समयमा सकभर यात्रा नगर्न सल्लाह छ । आकस्मिक बाढी आउन सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम र बाटो अवरुद्ध हुन सक्नेजस्ता सम्भावना हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account