By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १३, आईतवार ११:४३

पाँचथर । बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो । तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चारराते–तीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थित हुनसकेको छैन भने विद्युत् र इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन ।

नेपाल–भारत सीमावर्ती फालोट क्षेत्र उच्च पहाड भएका कारण यहाँ पुग्ने पर्यटकका लागि पर्याप्त सामग्री पुर्याउन गोठ सञ्चालक सक्षम छैनन् । यहाँका ३१ मध्ये करिब एक दर्जन गोठमा गोठबास (गोठस्टे) सञ्चालन गरी पर्यटकलाई सेवा दिने गरिएको छ । तर पूर्वाधार अभावका कारण पर्यटकलाई अपेक्षित सेवा दिन नसकिएको फालोट याक गोठस्टेका सञ्चालक चन्द्रलाल नेपालले बताए ।

“अहिले यहाँ सडक, विद्युत् र इन्टरनेटको समस्या मुख्य छ”, नेपालले भने, “वर्षा भएपछि सवारीसाधनलाई यहाँ पुर्याउन कठिन पर्छ ।” फिदिम–फालोट सडकको प्राङबुङबाट चारराते तथा मेमेङबाट तीनसिमानासम्म सडक विस्तार भएको छ । मोटरबाटो स्तरोन्नतिको काम बर्सेनि हुँदै आए पनि वर्षा भएपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

“बाटो सहज भइदिने यहाँ आइपुग्ने पर्यटकको सङ्ख्या बढ्थ्यो । नागरिकले चाहेर पनि आउन सकेका छैनन्”, नेपालले भने “उच्च पहाड भएका कारण यहाँ सामग्री व्यवस्थापन गर्न असाध्यै कठिन पर्छ । सवारीसाधनमा सामग्री हालेर ल्याउनै कठिन छ ।” सरकारले फालेलुङ गाउँपालिका–५ प्राङबुङदेखि चाररातेसम्मको सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउनुपर्ने यहाँका बासिन्दाको माग छ ।

चौँरीपालक किसानको संस्था कञ्चनजङ्घा याक चौँरीपालक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार दैनिक उपभोग्य सामग्री पुर्याउनै कठिन हुन्छ । “भारततर्फ बाटो राम्रो भए पनि सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । भारतीय पक्षले नेपाली सवारीसाधन नचलुन् भन्ने चाहन्छ”, गुरुङले भने, “प्रतिबन्ध नै त छैन, तर उतातिर नचलुन् भन्ने चाहना रहेको बुझिन्छ । जसकारण नेपालतर्फबाट सामग्री ढुवानी र निकासी गर्न धेरै समस्या पर्छ ।”

यस्तै उच्च पहाडमा भएका कारण विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुने हुँदा गोठ सञ्चालकले समस्या भोग्ने गरेका छन् । यहाँ नेपाल टेलिकमको नेटवर्कले पछिल्लो समय काम गर्न थाले पनि इन्टरनेट सेवामा भने समस्या छ । विसं २०७४ देखि नयाँ वर्षमा यहाँ महोत्सव आयोजना गर्न थालिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने चौँरीजन्य सामग्रीले राम्रो बजार पनि पाउने गरेका छन् । नवौँ चौँरी पर्यटन महोत्सवसम्म आइपुग्दा चौँरीमा आधारित सामग्री बिक्री बढेको छ । महोत्सवकै कारण अहिले देशका विभिन्न भाग तथा भारत, भुटान, बङ्गलादेशलगायतबाट पर्यटक आउन थालेका छन् ।

फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू पूर्वाधार र प्रचारप्रसारमा प्रदेश र सङ्घीय सरकारले सहयोग गरे पयर्टकको सङ्ख्या झनै बढ्ने बताउछन् । उनका अनुसार सडकको स्तरोन्नति, पर्यटन सूचना केन्द्र, गोठबासलाई थप व्यवस्थित गर्न, शौचालय निर्माणलगायतमा लगानी गर्नुपर्ने आवश्यकता रहेछ । नेपाल–भारत सीमावर्ती यस स्थानमा वर्षायामका केही महिनाबाहेक सधैँ पर्यटक पुग्ने गर्दछन् ।

औसतमा एक वर्षमा पाँच हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका गोठ सञ्चालकको भनाइ छ । सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् । हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको छ ।

Facebook Comments Box
बिजुली पोल पुग्यो, बलेन बत्ती
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप
लगातार बढिरहेको डलरको भाउ आज कति छ?
निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा
बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?