By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

गहुँ उत्पादनमा वृद्धि

सरोकारकर्मी
सरोकारकर्मी
f,21

मकवानपुर । कैलालीमा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४।२ मेट्रिक टन पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार यस वर्ष पनि गत वर्षको जस्तै प्रतिहेक्टर ४।२ मेट्रिक टन उत्पादकत्व रहेको छ । जिल्लाको ३४ हजार ५६५ हेक्टर जग्गामा गहुँखेती गर्ने गरिन्छ ।

“बढी जग्गामा गहुँखेती गर्ने जिल्ला कैलाली देशकै पहिलो हो, उत्पादकत्वको दृष्टिमा झापा, मोरङ, सुनसरी, रुपन्देहीपछि कैलाली पर्छ”, विष्टले भने, “पछिल्लो दशकमा उन्नत बीउबिजनको प्रयोग, रोगकीरा नियन्त्रण, खेती प्रविधिको विकासलगायतमा भएको सुधारले उत्पादकत्व पनि बढेको छ ।”

उत्पादन वृद्धि भइरहेको भए पनि किसानले गहुँको उचित मूल्य पाउन नसकिरहेको गुनासो गरेका छन् । गत वर्ष प्रतिक्विन्टल चार हजारमा गहुँ बेचेकामा यस वर्ष योभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ ।

हाल गहुँ प्रतिक्विन्टल बढीमा रु तीन हजार ८०० मा बिक्री भइरहेको छ । धनगढी उपमहानगरपालिका–१३ का किसान गुलाब रानाथारूले धेरै मिहिनेत गरेर खेती गरे पनि उत्पादन लागतअनुसारको उचित मूल्य नपाउँदा मर्का परेको गुनासो गरे ।

उनले भने, “गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, किसानले जहिले पनि कृषि उपजको उचित मूल्य नपाउने समस्या छ ।” खाद्यको व्यापार गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँ खरिद गर्न आवश्यक व्यवस्था भइरहेको जनाएको छ।

कार्यालय प्रमुख दीपक थापाले सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य रु तीन हजार ९४५ निर्धाण गरिसकेकाले छिटै गहुँ खरिदको व्यवस्थापन गरिरहेको बताए। उनले भने, “यस वर्ष जिल्लामा १० हजार क्विन्टल गहुँ खरिद गर्नुपर्ने कोटा तोकेर आएको छ, जिल्ला खरिद समितिको छलफल र निर्णयपछि आगामी केही दिनभित्रमा गहुँ खरिद गर्न लागेका छौँ ।”

जिल्ला खरिद समितिलाई स्थानीय बजारको अवस्था समेतलाई मध्यनजर गरेर तोकिएको न्यूनतम समर्थन मूल्यमा केही थपघट गर्न सक्नेसम्मको अधिकार दिइएको जनाइएको छ । गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । यस वर्ष बाली भित्र्याउने बेलामा भएको वर्षाले जिल्लाको धेरै ठाउँमा काटेर सुकाइराखिएको गहुँबाली भिजेर क्षति पुगेको थियो।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account