By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ७, सोमबार ११:३०

सिरहा । यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ।

सामान्यतया एउटा व्यवस्थित प्रसूति गृह सञ्चालनका लागि कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक ९एचए० र एक जना कार्यालय सहयोगी आवश्यक पर्छ । तर, यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै चौबिसै घण्टा सेवा दिनुपर्ने बाध्यता छ ।

भौतिक पूर्वाधारमा कमी नभए पनि पर्याप्त दक्ष जनशक्ति नहुँदा प्रसूति गृहमा सेवाग्राहीको सङ्ख्या निकै न्यून छ । चालु आर्थिक वर्षको नौ महिनामा यहाँ केवल १९ जनाले मात्र सुत्केरी सेवा लिएका छन् । तीमध्ये ११ जना स्थानीय ‘सदाय’ समुदायका विपन्न महिला हुन्, जो अन्यत्र जान आर्थिक वा भौगोलिक रूपमा असमर्थ थिए ।

वर्छवा स्वास्थ्यचौकीका प्रमुख महेशकुमार रजक स्वास्थ्यकर्मी अभावले रातको समयमा निकै चुनौती हुने बताउँछन् । उनले भने, “दिउँसो कार्यालय समयमा त हामी अन्य कर्मचारी पनि हुन्छौँ, केही सहज हुन्छ । तर सुत्केरी गराउन प्रायः राति आउँछन्, जुन बेला एक जनाको भरमा सम्भव नै हुँदैन । कहिलेकाहीँ उहाँ (अनमी) पनि बिदामा बसेको बेला त संस्था नै खाली हुने अवस्था छ ।”

वर्षौँदेखि सेवा दिइरहेकी अनमी टीकादेवी ढुङ्गेलले पनि एक्लै काम गर्दाको सकस सुनाउँदै भनिन्, “दिउँसो त्यति समस्या हुँदैन, तर रातको समयमा एक्लै सुत्केरी गराउनुपर्दा डर र जोखिम दुवै हुन्छ । कोही नभएपछि बिरामीको सेवाका लागि जे–जति सकिन्छ, गरिरहेकै छु ।”

प्रसूति गृहमा कर्मचारी अभाव देखाइरहँदा नरहा गाउँपालिकाले भने स्वास्थ्यका प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा खटाएको छ । स्वास्थ्यतर्फका सिनियर अहेव अरुणकुमार सिंहलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने अर्का कर्मचारी बैजनाथ साहलाई ५ नम्बर वडाको सचिव बनाइएको छ ।

यतिमात्र होइन, अन्य तीन जना स्वास्थ्यकर्मीलाई कुनै ठोस जिम्मेवारी नदिई स्वास्थ्य शाखामा ‘काज’मा राखिएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत आदित्यकुमार कर्ण भने जनशक्ति अभावलाई नै मुख्य कारण भएको बताए । उनले भने, “हामीसँग स्वास्थ्यतर्फका कर्मचारी कम भएकैले त्यहाँ थप जनशक्ति पठाउन नसकिएको हो । हामी व्यवस्था मिलाउँदैछौँ, चाँडै थप जनशक्ति पठाउने प्रयास गर्नेछौँ ।”

प्रशासनिक पहुँच र राजनीतिक खिचातानीका कारण दक्ष स्वास्थ्यकर्मीलाई उनीहरूको कार्यक्षेत्रभन्दा बाहिर राख्दा दुर्गमका महिलाहरू सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित भइरहेको स्थानीयको गुनासो छ । स्थानीय सकलदेव यादवले भने, “पालिकाले पहुँचवाला स्वास्थ्यकर्मीलाई वडा र जिन्सी शाखामा आराम गराएर राखेको छ, तर हामीजस्ता गरिबका छोरीबुहारी सुत्केरी व्यथाले छट्पटाउँदा एउटा अनमीको भर पर्नुपर्छ । यो त सिधासिधा हाम्रो स्वास्थ्यमाथि खेलबाड हो ।”

एक्लो अनमीको भरमा चल्ने यस्तो सेवाले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने जोखिम देखिएको स्थानीय बताउँछन् । उनीहरूले तत्काल स्वास्थ्यकर्मीको व्यवस्थापन गरी प्रसूति गृहलाई पूर्ण क्षमतामा चलाउन माग गरेका छन् ।

Facebook Comments Box
सर्लाहीमा गोली लागेर एक बालक घाइते
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिनुभयो पद तथा गोपनीयताको शपथ
धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको सम्भावना
एमालेको मतगणना शुरू
नारायणधाम आश्रममा प्राङ्गारिक कुरिलो खेती, आत्मनिर्भर बन्ने प्रयास

थप समाचार

चट्याङ लागेर युवकको मृत्यु

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

१ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ

एक जना अनमीको भरमा प्रसूति सेवा

मोदी गाउँपालिकामा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु

महिलालाई व्यवसायीमुखी बनाउन सीपमूलक तालिम

६ दिनमा १ सय ४६ विपद्का घटना

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?