By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २२, आईतवार १०:१९

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको हो ।

नगरप्रमुख यज्ञप्रसाद ढकालले भेरीगङ्गा, लेकबेँसी तथा गुर्भाकोट नगरपालिकाको फोहरलाई एकै ठाउँमा राखेर प्रशोधन गर्न यो केन्द्र निर्माण गएिको जनाउँदै हालसम्म भेरीगङ्गासँग लेकबेँसी नगरपालिकाले मात्र सम्झौता गरेको बताए । उनका अनुसार भौतिक संरचना निर्माणको काम पूरा भएको छ ।

निर्माण भएका भवनमा पानी तथा बत्ती, पर्खाललगायत केही संरचना बनाउन बाँकी रहेको प्रमुख ढकालले बताए । उनले भने, “भौतिक पूर्वाधार तथा सडकको काम भए पनि अब कुहिने र नकुहिने फोहरलाई प्रशोधन गर्ने उपकरण खरिद गर्ने रकम नहुँदा समस्या भएको छ । प्रदेश सरकारले सुरुमा सहयोग गरेको थियो । अहिले नगरपालिकाले एक्लै काम गर्नुपर्दा समस्या भएको छ ।”

भेरीगङ्गा–१२ स्थित रामजानकी सामुदायिक वनमा प्रशोधन केन्द्र छ । बीस रोपनी जग्गामा उक्त संरचना निर्माण गरिएको हो । विसं २०७९ चैतमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको नगरप्रमुख ढकालले जानकारी दिए । फोहर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजनासमेत रहेको उनको भनाइ छ ।

“फोहर प्रशोधन केन्द्रमा फोहरको वर्गीकरण तथा प्रशोधनसमेत हुनेछन्”, नगरप्रमुख ढकालले भने, “प्रशोधन केन्द्र पूर्ण रूपमा सम्पन्न भई सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक आम्दानी पनि बढ्नेछ ।” फोहरलाई मोहर बनाउन प्रशोधन केन्द्र निर्माण थालिएको उहाँको भनाइ छ । फोहरलाई व्यवस्थापन गर्दै फोहरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।

प्रशोधन केन्द्रसम्म पुग्ने पहुँच मार्ग निर्माणलगायतका काम सकिएको नगरपालिकाले जनाएको छ । अन्य संरचना निर्माणसमेत भइसकेका छन् । केन्द्र निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा रु ५० लाख बजेट विनियोजन गरेको थियो । आवमा उक्त आयोजनाको निरन्तरताका लागि प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले रु ४९ लाख ५० हजार बजेट छुट्याएर काम गरेको थियो ।

सडक, पानीलगायत पूर्वाधार निर्माणका लागि गत वैशाख २४ गते सौरव निर्माण सेवासँग रु ९९ लाख ९८ हजार ३५३ मा बाँकी रहेको कामले निरन्तरता पाएको नगरप्रमुख ढकालले जानकारी दिए । आगामी असार १५ गतेसम्ममा काम पूरा गर्ने सम्झौतामा उल्लेख छ । फोहरलाई व्यवस्थापन गर्दै फोहरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

Facebook Comments Box
वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय १५ पुग्यो
चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ
नोबेल अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी चिकित्सकको मृत्यु
अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम
इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?