By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

सरोकारकर्मी
सरोकारकर्मी
f,14

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धनवाहक जहाजबाट चुहावट भएको देखाएको बताउनुभएको छ ।

अमेरिकाबाट सञ्चालित जहाज निगरानी वेबसाइट ट्याङ्करट्र्याकर्सका अनुसार, अगस्ट ३ मा ओमानी समुद्रमा रहेको ठूलो जहाज ‘मिनोअन पायनियर’माथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ । त्यसपछि तेल हर्मुज जलमार्ग हुँदै इरानतर्फ बगेको बताइएको छ ।

प्रवक्ता बघाईले हालका दशकमा यस्ता तेल चुहावटले इरानका तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुऱ्याएको भन्दै सम्बन्धित पक्षले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ । इरानको वातावरण संरक्षण संगठनकी प्रमुख शीना अन्सारीले पनि यस घटनालाई पछिल्ला दशकमा यस क्षेत्रमा देखिएको व्यापक समुद्री प्रदूषणको अर्को उदाहरण बताउनुभएको छ।

उहाँले वातावरणीय क्षतिको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्नसमेत उठाउनुभएको छ । इरानले गएको वर्ष फेब्रुअरी २८ देखि शुरु भएको मध्यपूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाडीका अमेरिकी सहयोगी राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आवागमनमा अवरोध पुऱ्याउँदै आएको छ ।

इरानले वातावरण संरक्षणलगायत सेवा सञ्चालनका लागि हर्मुज हुँदै जाने जहाजबाट नौपरिवहन शुल्क लिने योजना अघि सारेको छ, जसको अमेरिका र केही क्षेत्रीय देशले विरोध गरेका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account