By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

अफगानिस्तान एकदिवसीय विश्वकपमा छनोट, २ पटकको विजेता वेस्ट इन्डिजले छनोट खेल्नुपर्ने

सरोकारकर्मी
सरोकारकर्मी
f,11

काठमाण्डाै । अफगानिस्तान सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट भएको छ । गएराति बेलफास्टमा भएको तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली आयरल्यान्डलाई ३ विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।

आयरल्यान्डले दिएको २०७ रनको लक्ष्य अफगानिस्तानले ४४ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । अफगानिस्तानका रहमनुल्लाह गुरबाजले ७१, कप्तान राशिद खानले नटआउट ३७ रन बनाए । आयरल्यान्डका गभिन होएले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले ४६ ओभर ३ बलमा २०६ रन बनाउँदा सबै विकेट गुमायो । आयरल्यान्डका गभिन होएले सबैभन्दा धेरै ३६ रन बनाए । अफगानिस्तानका राशिद खान र एएम गजानफरले ३/३ विकेट लिए ।

योसँगै ५ खेलको एकदिवसीय शृङ्खलामा अफगानिस्तानले २–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले ९२ रनले जितेको थियो ।

यसैबीच २ पटकको विजेता वेस्ट इन्डिजले पनि विश्वकप छनोट खेल खेल्नुपर्ने भएको छ । वेस्ट इन्डिजले लगातार तेस्रो पटक विश्वकप छनोट खेल्ने भएको हो ।

वेस्ट इन्डिजले भारतसँग २ वटा एकदिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जीते पनि वरीयताको शीर्ष ८ मा उक्लिने सम्भावना छैन । अहिले वेस्ट इन्डिज एकदिवसीय वरीयताको दशौँ स्थानमा रहेको छ ।

यही वर्षको सेप्टेम्बर ३० मा सार्वजनिक हुने आईसीसी एकदिवसीय वरीयतामा शीर्ष ८ मा रहने टोली सीधै आउँदो वर्षको विश्वकपमा छनोट हुनेछन् । यद्दपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बावेका लागि वरीयता आवश्यक छैन । अर्काे आयाेजक देश नामिबियाले भने छनाेट खेल्नुपर्नेछ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account