By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

सरोकारकर्मी
सरोकारकर्मी
f,10

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा साउन २८ गते बिहीबार नेपाल फर्किन लागेका हुन् ।

उनीसँगै नेपालबाहिर रहेका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा र छोरा जयवीर देउवा भने नेपाल नआउने देउवानिकट स्रोतले जनाएको छ ।

यसअघि देउवा साउन २६ गते नै नेपाल फर्किने तयारीमा थिए । तर, समय व्यवस्थापनका कारण उनको नेपाल फर्किने मिति दुई दिनपछि सारिएको स्रोतको भनाइ छ ।

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलामा सहभागी हुन देउवा नेपाल फर्किन लागेका हुन् ।

कांग्रेसभित्र पछिल्लो समय बढेको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको बहसका बीच देउवाको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account