By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द

सरोकारकर्मी
सरोकारकर्मी
f,22

रूसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन् ।

स्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिए ।

रूसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखिरहेका बेला त्यसको प्रतिकारस्वरूप युक्रेनले रूसभित्र ड्रोन आक्रमण गर्दै आएको छ । यद्यपि मेयर सोब्यानिनले उक्त ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएका हुन् वा होइनन् भन्नेबारे स्पष्ट उल्लेख गरेका छन् ।

रूसी उड्डयन अधिकारीहरूले सुरक्षा कारण देखाउँदै मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए । स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account