By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मकवानपुरमा करेन्ट लागेर एकको गयो ज्यान

सरोकारकर्मी
सरोकारकर्मी
f,14

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ कोलाघारीका एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी–६ कोलाघारी निवासी ३९ वर्षीय मंगल बहादुर प्रजा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनी सोही वडाको प्रतापपुर निवासी सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गर्ने तथा ढोकामा ड्रिल गर्ने काम गरिरहेका बेला एक्कासी करेन्ट लागेर घाइते भएका हुन्।

गम्भीर अवस्थामा रहेका प्रजालाई उनकी श्रीमती रस्ती माया प्रजाले तत्काल उपचारका लागि मनहरी अस्पताल पुर्‍याएकी थिइन्। मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरिएको थियो।

हेटौंडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ५–६ किलोमिटर उत्तरतर्फ रहेको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account