By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

पूर्व र मध्य भेगमा वर्षा

सरोकारकर्मी
सरोकारकर्मी
f,6

काठमाण्डौं । देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गएराति र बिहान पानी परेको छ । पानी परेका ठाउँमा शितल भएको छ । तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढेको छ । केही ठाउँमा तातो लहर समेत चलेको छ ।

आज र भोलि पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाडी भूभागका केही ठाउँहरुमा तथा तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यसैबीच नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने भएको छ । महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने छ ।

तीनचार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने र त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुन सक्ने मौसमविदको भनाइ छ । मौसमविदहरुका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ ।

नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो । आज जुन ६ भएको छ । भारतमा तोकिएको औषत मिति जुन १ मा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ । त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने मौसमविदहरुको अनुमान छ ।

यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ । कुनैकुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुने सक्ने सम्भावनासमेत रहेको मौसमविद्हरूले अनुमान गरेका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account