By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

सरोकारकर्मी
सरोकारकर्मी
f,4

गाईघाट । मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता अत्यधिक गर्मी बढेका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।

अत्यधिक गर्मी बढ्न थालेपछि दिउँसो विभिन्न काममा हिँडडुल गर्न तथा गाईवस्तु चराउन जान समस्या हुन थालेको छ । अत्यधिक गर्मीका कारण तातो हावा चल्दा कतिपय विद्यालयका विद्यार्थी कक्षाकोठामै अध्ययनकै क्रममा बेहोस भएर ढल्ने घटना देखा पर्न थालेको विद्यालयका शिक्षकले बताएका छन् ।

त्रियुगा नगरपालिका–१ जोगीदह बरगाछीका स्थानीय देवीप्रसाद ढुङ्गानाका अनुसार एक हप्तायता अत्यधिक गर्मी बढ्न थालेपछि दिनमा गाईबस्तु चराउन जङ्गल–पाखातिर जान कठिनाइ भएको बताउँछन् ।

ढुङ्गाना भन्छन्, “एक हप्ता अगाडिसम्म दिउँसो ११ः०० बजे गाईवस्तु जङ्गलमा लगेर चराउने गरेका थियौँ, तर अहिले अत्यधिक गर्मी बढ्न थालेपछि बिहानै गाईबस्तु जङ्गल लैजाने गरेका छौँ ।” दिनमा घाँस दाउरा र मेलापात पनि गर्मीका कारण जान नसक्ने भएपछि घर वरिपरि शीतलमा बसेर दिन बिताउन बाध्य हुन परेको जोगीदह कङग खोलाका उमानाथ खनाल बताउँछन् ।

त्रियुगा नगरपालिका–११ गाईघाट शान्ति नगरटोलका ७० वर्षीय वृद्ध होमबहादुर कार्की भन्छन्, “केही दिनयता अत्यधिक गर्मी बढेपछि घुमघाम गर्न नसक्दा साथीसँग भेटघाट नै बन्द जस्तै भएको छ ।”

त्रियुगा नगरपालिका–३ भुल्के सत्यदवी माविका शिक्षिका देविका दाहालका अनुसार, अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बेहोस भएर ढल्ने गरेका छन् । मौसम विदहरुका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४०ं डिग्री सेल्सिएससम्म पुग्न थालेको छ ।

अत्यधिक गर्मीका कारण दिनमा समेत गाईघाट बजार क्षेत्र सुनसानजस्तै हुने गरेको स्थानीय व्यवसायी रमेशलाल साह बताउँछन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account