By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

विन्द्र ढाँट ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली

सरोकारकर्मी
सरोकारकर्मी
f,29

काठमाण्डौं । नेपाली मिक्स मार्सल आर्ट(एमएमए) फाइटर रविन्द्र ढाँटले ‘रोड टू युएफसी सिजन ५’को सेमिफाइनलमा स्थान बनाएका छन् ।

मकाउको ग्यालेक्सी एरेनामा हिजो भएको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउटमार्फत पराजित गरे । उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

खेलको शुरुदेखि नै आक्रामक शैलीमा खेलेका ढाँटले दोस्रो राउन्डको अन्त्यतिर लगातार स्ट्राइक प्रहार गरेका थिए । त्यसपछि रेफ्रीले खेल रोकेका थिए । अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी)को आधिकारिक नतिजाअनुसार उनले ‘ग्राउन्ड एन्ड पाउन्ड’ मार्फत जित दर्ता गरेका हुन् ।

सेमिफाइनलमा ढाँटले अस्ट्रेलियाका कासिब मर्डोकको सामना गर्नेछन् । मर्डोकले क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए ।

‘रोड टू युएफसी’ एसियाली खेलाडीलाई युएफसीमा प्रवेश गराउने छनोट प्रतियोगिता हो । प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले युएफसी कन्ट्र्याक्ट प्राप्त गर्ने व्यवस्था छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account