By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र

सरोकारकर्मी
सरोकारकर्मी
f,28

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ ।

कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताए । हालसम्म यस सडकको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ ।

पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब रु ६२ करोडको लगानीमा भइरहेको छ । निर्माण सम्झौताअनुसार आगामी फागुन महिनासम्म सम्पूर्ण कार्य सम्पन्न गर्नु पर्नेछ । “भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्रको काम सुरु भएको छ”, प्रमुख रेड्डीले भने, “गुणस्तरलाई ध्यानमा राख्दै तोकिएको समयमै काम सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन तथा सहजीकरण गरिरहेको छ ।” दोस्रो खण्डअन्तर्गत तीनतले–दिङ्ला करिब १६.५ किलोमिटर सडकखण्ड निर्माण कार्य पनि भइरहेको छ ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण सवारी आवतजावत कठिन हुँदा बिरामी ओसारपसार, कृषिउपज ढुवानी तथा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । स्थानीय भीमप्रसाद राईले सडक कालोपत्र सुरु भएपछि धुुलो र हिलोको समस्या अन्त्य भएको बताए ।

निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले बर्सातले असर नगरेमा सम्झौता अवधिअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । विसं २०८० मङ्सिर महिनाबाट सडक निर्माण सुरु गरिएको हो । यो सडक आयोजना सम्पन्न भएपछि जिल्लाको उत्तरी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकास टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account