By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

सरोकारकर्मी
सरोकारकर्मी
f,18

फिदिम। सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सोमबार बिहान भएको दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

दुर्घटनामा एक महिला यात्रु बसभित्रै च्यापिएको अवस्थामा रहेको र उहाँको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । धरानबाट पाँचथरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनीबस बिहान करिब ९ः३० बजे पाँचथर र धनकुटाको सीमावर्ती नावाखोला नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ निवासी २८ वर्षीय चालक तेजबहादुर चेम्जोङ गम्भीर घाइते हुनुभएको छ । अन्य दुई जना घाइतेको परिचय खुल्न बाँकी रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको छ । दुर्घटनापछि बसभित्र च्यापिएकी महिला यात्रुको अवस्था चिन्ताजनक रहेको र उद्धार कार्य तीव्र पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार दुर्घटनास्थल तमोर करिडोरअन्तर्गत नावाखोला पारिको क्षेत्रमा पर्छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account