By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

तराईमा आज पनि हावाहुरीको सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,5

काठमाण्डौं । आज तराईका केही जिल्लामा हावाहुरीको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति लुम्बिनी र मधेश प्रदेशका केही जिल्लामा हावाहुरी चल्ने सम्भावना छ ।

दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने अनुमान छ । त्यस्तै आज राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्न, घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न, घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ । यसअघि हिजो दिउँसो र बेलुका कतै कतै हावाहुरी चलेको थियो ।

प्रि–मनसुनमा मेघगर्जन , चट्याङ्ग र हावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account