By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

न्यु मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

सरोकारकर्मी
सरोकारकर्मी
f,3

न्युयोर्क । अमेरिकी प्रविधि कम्पनी मेटाले न्यु मेक्सिको राज्यमा आफ्ना सामाजिक सञ्जाल सेवाहरू फेसबुक र इन्स्टाग्राम बन्द गर्न सक्ने चेतावनी दिएको छ। बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षासम्बन्धी मुद्दामा भइरहेको कानुनी लडाइँका कारण यो स्थिति उत्पन्न भएको हो।

न्यु मेक्सिकोका सरकारी अभियोजकहरूले मेटाका प्लेटफर्म बालबालिकाका लागि अस्वस्थ र लत लाग्ने खालको भएको आरोप लगाउँदै प्रणालीमा व्यापक परिवर्तन गर्न अदालतमा माग गरेका छन्। उनीहरूले बालबालिकाको उमेर पहिचानमा कडाइ, गोपनीयता सुधार र सुरक्षा नियन्त्रण बढाउनुपर्ने अडान राखेका छन्।

यो मुद्दा पहिले नै अदालतमा पुगिसकेको छ, जहाँ जूरीले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्‍याएको र बाल यौन शोषणका विषयमा जानकारी लुकाएको ठहर गर्दै ३७ करोड ५० लाख डलर जरिवाना तोकिसकेको छ।

अहिले मुद्दाको दोस्रो चरणको सुनुवाइ सुरु हुन लाग्दा तनाव झन् बढेको छ। मेटाले भने आफूले लगातार बाल सुरक्षामा सुधार गरिरहेको दाबी गर्दै हजारौँ एप्समध्ये आफूलाई मात्र विशेष रूपमा लक्षित गरिएको बताएको छ।

हालै दर्ता गरिएको कानुनी कागजातमा मेटाले अदालतले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको उमेर ९९ प्रतिशत शुद्धताका साथ प्रमाणित गर्नुपर्ने जस्ता कडा सर्त लागू गरेमा न्यु मेक्सिकोमा सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ।

कम्पनीका अनुसार यस्तो माग व्यावहारिक रूपमा पूरा गर्न असम्भव छ र यसले राज्यभर सम्पूर्ण सेवा ठप्प पार्ने स्थिति ल्याउन सक्छ। यो मुद्दा अहिले अमेरिकामा बाल सुरक्षा, सामाजिक सञ्जाल नियमन र प्रविधि कम्पनीको जिम्मेवारीबारे चलिरहेको ठूलो बहसको मुख्य विषय बनेको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account