By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

पाकिस्तानमा भएको आक्रमणमा ९ जनाको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,23

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा भएको आक्रमणमा ९ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतहरूले बिहीबार बताएका छन् ।

चागी जिल्लाको नेसनल रिसोर्सेज लिमिटेड कम्पनीद्वारा सञ्चालित अन्वेषण तथा अनुसन्भान स्थलमा बुधबार स्थानीय समय अनुसार वेलुका ७ वजे आक्रमण भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हवाले जनाएको छ ।

तामा र सुनको अन्वेषण तथा अनुसन्धान स्थलमा आक्रमण भएको स्रोतहरूले पुष्टि गरेका छन् । आतङ्ककारीहरूले आक्रमणको क्रममा साना हतियारको गोली र अन्डर–ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेको तथा तोडफोड गरी इन्धनमा क्षति पुग्नुनुका साथै तीनवटा शिविरहरुमा आगो लगाएको स्रोतले जनाएको छ ।

जवाफी गोलीबारीमा एकजना आतङ्कवादी मारिएको तथा बाँकी आक्रमणकारीहरू घटनास्थलबाट भागेको जनाइएको छ । सुरक्षा बलले खोजी तथा अनुसन्धान अभियान सुरु गरी सकेको जनाएको छ ।

मृतक मध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेको स्रोतले जनाएको छ भने अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account