By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति

सरोकारकर्मी
सरोकारकर्मी
f,16

मकवानपुर । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल फ्रि) सङ्कलनका लागि विशेष सुविधा दिने नयाँ व्यवस्था गरेको छ । हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

नयाँ निर्देशनअनुसार अब अनुमतिपत्र प्राप्त वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर सङ्कलन गर्ने प्रयोजनका लागि ‘आरएफआईडी’ जारी गर्न सक्नेछन् ।

यस व्यवस्थाले सडकमा दस्तुर तिर्नका लागि सवारी साधन लामो समय लाइन बस्नुपर्ने झन्झटलाई हटाउने अपेक्षा गरिएको छ । सवारी धनीले बैंकबाट यस्तो प्रिपेड ट्याग वा कार्ड लिएर आफ्नो सवारीमा जडान गरेपछि टोल प्लाजाहरूमा सवारी नरोकीकन स्वतः दस्तुर भुक्तानी हुनेछ ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने सरकारको नीति अनुरूप राष्ट्र बैंकले यो कदम चालेको हो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account