By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

सरोकारकर्मी
सरोकारकर्मी
f,15

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ ।

रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै आएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।

सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएका छन् । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताएका छन् ।

“हेटौँडा सिमेन्ट उद्योगलाई पुनः कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु,” सांसद गौतमले भने, “यसै विषयमा केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उनीहरूले पनि सकारात्मक आश्वासन दिएका छन् । उद्योगका कर्मचारीसँग पनि यस विषयमा अन्तरक्रिया गरेको छु, सबैबाट राम्रै सुझाव आएको छ,” उनले भने ।

“उद्योग चलाउन सकिने सम्भावना देखिन्छ, उद्योग रुग्ण हुनुमा व्यापारिकभन्दा पनि सरकारी भएपछि सेवामूलक, तलबमात्र खाने बाटो बनाएको जस्तो मात्रै देखिन्छ,” उनले भने, “उद्योगमा हुँदै आएको राजनीतिक हस्तक्षेप, आन्तरिक रूपमा हुने भ्रष्टाचार रोक्न सकियो र नयाँ व्यवस्थापन टिम बनाउन सकियो भने उद्योग चलाउन सकिने सम्भावना देखिन्छ ।” त्यसैका लागि म प्रयास गरिरहेको छु, छिट्टै सकारात्मक परिणाम आउन सक्नेमा विश्वस्त छु, उनको भनाइ छ ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिनमात्र उद्योग सञ्चालन भएको छ । सो अवधिमा दुई हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा शिवनारायण साहले बताएका छन् ।

गत चैत १३ गतेदेखि उद्योगले पुनः क्लिङ्कर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुनः रोकिएको छ । अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एक–दुई दिनमै उद्योग फेरि बन्द हुने निमित्त प्रमुख डा साहको भनाइ छ ।

“अहिले मौज्दात रहेको कच्चा पदार्थबाट क्लिङ्कर उत्पादन भइरहेको छ, क्लिङ्करबाट सिमेन्ट उत्पादन गरेर प्याकिङ हुन्छ,” निमित्त महाप्रबन्धक साहले भने, “अबको एक–दुई दिनमै उत्पादन ठप्प हुन्छ, तर नियमित खर्च जस्ताको त्यस्तै छ,” उनले भने, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलबभत्ता दिनै परेको छ, केही इन्धन खर्च र सामान्य मर्मत खर्च भइरहेको छ ।” जसका कारण उद्योगमा आर्थिक समस्या बढ्दै जाने उनले बताएका छन् ।

“उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० टन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ,” उनले भने, “तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी नभएकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी पनि गर्न सकिएको छैन ।

सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा बक्यौता थपिएको छ । “विद्युत् उपभोग त गरियो तर महसुल बुझाउन सकिएन,” उनले भने, “अहिले ठ्याक्कै कति महसुलको बक्यौता बाँकी छ भन्ने भन्न नसकिए पनि करिब ३०–४० करोड जति बक्यौता बाँकी छ होला ।” त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ । रासस

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account