मुम्बई ।आशा भोसलेको अन्त्येष्टि आज अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ गरिँदैछ। ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको थियो।
आज बिहानदेखि उनको पार्थिव शरीर मुम्बईस्थित निवास कासा ग्रान्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। अन्त्येष्टिअघि उनलाई राष्ट्रिय झन्डामा बेरेर औपचारिक सलामी समेत दिइएको छ। अन्तिम दर्शनका लागि बलिउड कलाकार, राजनीतिक व्यक्तित्व र प्रशंसकहरूको ठूलो भीड लागेको छ।
८२ वर्षभन्दा लामो सांगीतिक यात्रामा भोसलेले असाधारण उपलब्धि हासिल गरेकी छन्। उनले ९ पटक फिल्मफेयर अवार्डसहित १०० भन्दा बढी सम्मान प्राप्त गरेकी थिइन्।
कला क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट पनि सम्मानित गरिएको थियो। उनका हजारौँ लोकप्रिय गीतहरूले विश्वभरका संगीतप्रेमीको मन जितेका छन्।
